२५ मिटरले बिकासमा अन्यौलता : मेयर महत

गुगलपाटी संवाददाता
२८ बैशाख २०७६ ११:१७

हेटौंडा ः हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले हेटौंडाको बिकासमा अन्यौलता भएको बताएका छ्न । उनले कि भत्काउने कि नभत्काउने भन्नू पर्ने भन्दै अधिकार दिए आफैं भत्काउन सक्षम भएको बताएका छन् । निर्माण सामग्री व्यवसायी सघं मकवानपुरको आठौं वार्षिक साधरण सभा तथा पाँचौ अधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै केही नीति नियममा समस्या भएको समेत बताएका छ्न । उनले हेटौंडामा नै भ्यु टावर बन्ने समेत बताएका छन । प्रत्येक शहरको बीचमा भ्यु टावर हुने भएकोले हेटौंडामा पनि हुने बताएका हुन । निर्माण व्यवसायीलाई सम्बोधन गर्दै मेयर महतले ठेक्का लिएर काम नगर्दा चित्त नबुझ्ने बताए ।
कार्यक्रम निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष रवि नेपालको अध्यक्षतामा भएको हो ।

तपाईको प्रतिक्रिया