कैलाश गाउँपालिका स्तरिय फुटबल सुरु

गुगलपाटी संवाददाता
२८ बैशाख २०७६ १५:१४

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा प्रथम गाउँपालिका स्तरिय फुटबल सुरु भएको छ । कैलाश गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
गाउँपालिका १ र ६ नम्बर वडा बाहेकका अन्य वडाहरुको सहभागितामा प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएका छ । कैलाश गाउँपालिका ६ कुमलटारमा सुरु भएको प्रतियोगिताको आज उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिता वडा नम्बर ९ का वडाध्यक्ष तथा गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिका संयोजक सुमन लटौलाको संयोजकत्वमा भएको हो ।

तपाईको प्रतिक्रिया