राजधानीको विषय नआउँदा संसद अवरुद्ध

गुगलपाटी संवाददाता हेटौंडा 
३० बैशाख २०७६ ०८:५१

३ नम्बर प्रदेशको राजधानी र नामकरणको विषय संसदमा नआएपछि संसद अवरुद्ध बनेको छ । राजधानी र नामाकरणको विषय नटुङ्ग्याए सम्म संसद चल्न नदिने भन्दै नेपाली काङ्ग्रेसले ३ नम्बर प्रदेश सभा अवरुद्ध गरेको छ ।

यस अघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनियता पनि प्रवेश नपाउँदा प्रमुख प्रतिपक्षी दल आक्रामक बनेको हो । दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेपछि संसद अवरुद्ध भएको हो ।

यस अघि सरकारका तर्फबाट संसदिय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले सरकार राजधानीको विषयमा गम्भीर रहेको बताएका थिए ।

नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने अड्डी कसेपछि भोली ११ बजे सम्मको लागि संसद अवरुद्ध भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया