राजधानीको विषयमा सरकार र कांग्रेस आक्रामक

गुगलपाटी संवाददाता हेटौंडा
३० बैशाख २०७६ १२:४४

 ३ नम्बर प्रदेशको राजधानीको विषयमा सरकार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रामक शैलीमा प्रस्तुत भएकाछन् । कांग्रेसेले संसद अवरुद्ध गरेपछि ३ नम्बर प्रदेशका संसदीय दलका उपनेता शालिकराम जम्मकटट्लले कांग्रेसले संसदीय शैलीको गलत प्रयोग गरेको टिप्पणी गरेका थिए ।

राजधानी र नामाकरण नहुनु लज्जास्पद : प्रमुख प्रतिपक्ष
संसद अवरुद्ध गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर वानियाँले राजधानीको विषय संसदमा प्रवेश नभएपछि प्रदेश प्रमुखको पत्र र मौन धारणको लागि मात्रै समय दिएको बताए । संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेता वानियाँले बाध्य भएर संसद अवरुद्ध गरेको बताएका हुन् । बजेट अधिवेशनमा प्रदेशको नामाकरण र राजधानीको विषय टुङ्गो नलगाई अरु विषयलाई प्रवेश गर्न नदिने बताएका हुन् । उनले सभामुख र मुख्यमन्त्रीले संसदमा राजधानीको विषय प्रवेश नगराउनु लज्जास्पद भएको बताएका हुन् । सरकारले राजधानीको विषयलाई संसदमा प्रवेश गराउने प्रस्ताव गरे संसद चल्ने नत्र चल्न नदिने वानियाँको भनाई थियो ।

प्रतिपक्षले द्वन्द्ध बढाउन खोज्यो : प्रदेश सरकार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकरा जम्मकट्टेलले संसदीय व्यवस्थामा गर्न नहुने कार्य प्रतिपक्षले गरेको आरोप लगाएका छन् । प्रदेशको नामाकरण र राजधानीको विषय प्रतिपक्षको मात्रै नभई पुरै प्रदेशको एजेण्डा भएको बताउँदै उनले संसद अवरुद्ध गरेर यसको हल ननिस्कने बताएका हुन । कांग्रेसले द्धन्द सुरुवात गर्न खाजेको आरोप लगाउँदै संसदीय दलका उपनेता समेत रहेका जम्मकट्टेलले प्रदेशको राजधानीको विषय प्रदेश सभाको अधिकार संगै राजनीतिक सहमतीको रुपमा हल हुने बताएका छन् ।