मानिसको पेटबाट निस्क्यो ११६ वटा फलामको किला

गुगलपाटी संवाददाता भारत
१ जेष्ठ २०७६ ०६:०२

भारतको राजस्थानमा एक व्यक्तिको पेटबाट डाक्टरले ११६ वटा किला निकालेका छन् । साढे ६ इन्च लम्बाई भएका ११६ वटा फलामका किला डाक्टरले बिरामीको अप्रेशन गरेर निकालेका हुन् ।

राजस्थानको बुन्दी जिल्लाका ती व्यक्तिको पेटबाट किला सहित फलामका गोली र तार पनि निकालिएको छ ।

डाक्टर अनिल सैनीले दुई घण्टा लगाएर ४२ वर्षका पुरुषको शल्यक्रिया गरेका थिए । ती व्यक्ति मानसिक रोगी रहेको बताइएको छ ।

यति ठूलो संख्यामा पेटमा किला रहेको र ती व्यक्ति अझै पनि जिउँदै रहेको घटनाले डाक्टर समेत अचम्ममा परेका थिए ।

बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ तर उनी कुरा गर्न सक्ने अवस्थामा नरहेका कारण घटनाबारे थप जानकारी प्राप्त भएको छैन ।

तपाईको प्रतिक्रिया