डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनी ठगी गर्ने दुईजना पक्राउ
गुगलपाटी संवाददाता काठमाडौँमहानगरीय अपराध महाशाखाले डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भनी ठगी गर्ने दुईजना पक्राउ गरेको छ । आफू अष्ट्रेलियाको पीआर होल्डर भएको र डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै ठगी गर्ने रेजिना अधिकारी पक्राउ गरेकी हुन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार अधिकारीले डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै गोकर्णेश्वर नगरपालिका–४ माकलवारीका अमित श्रेष्ठसँग कानुनी विवाह गरेकी थिइन् । सुनसरी अमाहीबेल्ला गा।वि।स नं–७ स्थायी घर भइ नयाँबानेश्वर बस्दै आएकी अधिकारीले अमित श्रेष्ठसँग कानुनी विवाहपछि चार लाख पचास हजार ठगी गरी सम्पर्कविहीन भएकी थिइन् ।
अधिकारी सम्पर्कविहिन भएपछि श्रेष्ठको उजुरीको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले मध्यबानेश्वरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
अधिकारीले चाँगुनारायण–३ भक्तपुर बस्ने सागर धमलासमेतलाई सोही प्रयोजन र शैली प्रयोग गरी १३ लाख ४७ हजार ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।