किशोरीलाई बलात्कार गरेको आरोपमा चौलागाई पक्राउ

गुगलपाटी संवाददाता हेटौंडा
१ जेष्ठ २०७६ ११:५५

१५ वर्षकी किशोरिलाई बलात्कार गरेको आरोपमा हेटौंडाका हिरालाल चौँलागाई पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ का ५ पिप्लेका ४५ वर्षीय उनलाई मंगलबार पक्राउ गरेको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नबर २ मा बस्ने एकजना १५ वर्षकी किशोरीलाई बलात्कार गरेको भन्ने सूचना आएपछि उनको खोजी भएको र मंगलबार मात्र पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरिक्षक सागरविक्रम राणले जानकारी दिए । बलात्कारको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया