करेन्ट लागेर एकजनाको मृत्यु

गुगलपाटी संवाददाता विराटनगर
१ जेष्ठ २०७६ १२:०२

 मोरङको धनपालथान गाउँपालिका-७ मा का एक युवकको बुधबार करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर २५ वर्षीय मोहम्मद इलियाज मियाँको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

उनका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा दिउँसो १२ः३० बजे विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया