२८ सय रुपैँयामा किनेको काचौरा ५७ लाखमा बिक्यो !
गुगलपाटी संवाददाता एजेन्सीबेलायतमा निकै सस्तो दाममा किनिएको एउटा चाइनिज बउल (कचौरा) ले एकजना व्यक्तिको भाग्य परिवर्तन गरिदिएको छ ।
सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड ९२८ सय रुपैयाँ० मा एउटा कचौरा किनेका थिए । त्यसलाई उनले लिलामीमा बेच्दा उनले ४० हजार पाउन्ड ९५७ लाखभन्दा बढी रुपैयाँ० मा पाए ।
चार इन्चको यो अद्भुत कचौरा चीनमा सन् १७२३ देखि १७३५ सम्म राजा योंगजोंगको राज्यकालमा प्रचलनमा थियो ।
एक पर्यकटले चीनको एन्टिक शपमा २० पाउन्डमा किनेका थिए र त्यसलाई सोर्डर्स फाइन आर्ट अक्सनीयर्सले लिलामीमा राखियो ।
कचौराको न्यूनतम बोली आठ हजार पाउन्ड राखिएको थियो तर पाँच गुणा बढी मूल्यमा बिक्यो ।