युनिलिभर नेपालको गेटमा मजदुरले ताला लगाउने

गुगलपाटी संवाददाता
७ जेष्ठ २०७६ ११:३०

         युनिलिभर नेपालले  एक्कासी  एकतर्फी सम्झौता भंग गरेपछि गत चैत्रबाट बन्द भएको गंगा सोप तथा त्यस अघि बन्द भएको युनिक सोपका मजदुहरुले आफुहरुको  उधोग संचालनको निरन्तरता , युनिलिभरमा पुर्नवाहाली हुनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
हेटौँडामा आज पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले काम गर्दै आएको कम्पनी एक्कासी बन्द हुँदा आफुहरुलाई निकै समस्या भएको बताए ।
आज पत्रकार सम्मेलनको आयोजना गरि ट्रेड युनियन समन्वय केन्द्र मकवानपुरले युनिलिभर नेपाल ब्यवस्थापक रहेको गंगा सोप र युनिक सोप बन्द गरिदा प्रत्यक्ष / अप्रत्यक्ष गरी ५ सय भन्दा धेरै श्रमिकहरुको रोजिरोटी खोसिएको भन्दै कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।

                             ट्रेड युनियन समन्वय केन्द्र मकवानपुरका संयोजक गंगाप्रसाद भट्टराईले समस्या समाधानका लागि पटक पटक मजदुर नेता,उधोगी एवं प्रशासनलाई समेत अटेर गर्दै आएकाले आफुहरुको मागलाई वेवास्ता गरिए युनिलिभरको मेन गेटमा धर्ना दिने बताए । सयौं मजदुरलाई एक्कासी बेरोजगार बनाउने काम युनिलिभरले गरेको भन्दै उनले उद्योग पुन सञ्चालन हुनुपर्ने, मजदुरहरुको पुर्नवाहालि हुनुपर्ने, उनीहरुलाई हालसम्मको क्षतिपुर्ती दिनुपर्ने समेत बताए ।


पुरानो मजदुर राख्दा मासिक दश लाख रुपैयाँ बढि ब्ययभार पर्ने र नेपाली उद्योग बन्द गर्दा आफ्नै सहायक उद्योग सञ्चालन गर्न पाउने भएपछि नेपाली सहायक उद्योग बन्द गरिएको अखिल नेपाल ट्रेड युनियम महासंघ (जिफन्ट) का जिल्ला अध्यक्ष श्याम श्रेष्ठको दाबी छ । उनले भने ‘युनिलिभरले नेपाली मजदुर र नेपाली उद्योगीलाई हटाउन खोजेका हुन्, हामी त्यसो हुन दिँदैनौं’,  ।
पत्रकार सम्मेलनमा बोल्दै गंगा सोपका सञ्चालक तथा प्रदेश नम्बर तीनका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बाँनीयाले युनिलिभर नेपालले  एक्कासी सम्झौता भंग गरेर श्रमिकलाई बेघरबार बनाउन खोजेको आरोप लगाए । उनले भने युनिलिभरसँग अब नेपाली उद्योगपतिहरुले सोच्नुपर्ने भएको छ, मल्टिनेशनल कम्पनीले उद्योगपति र मजदुरहरुलाई बेघरभार बनाउने काम गरेको छ क्षतिपूर्ति केहि गंगा स्याम्फु दिन्छ तर युनिलिभर पनि दिनुपर्छ । सरकारले पनि यो विषयलाई गम्भिर हुनुपर्छ,। भारतीय उद्योगपतिलाई लिएर नेपाली उद्योगलाई धरासायी बनाउने काम गरेको छ, यो विषयमा अहिले सोचिएन भने नेपाली उद्योग नरहन सक्छ ।


युनिलिभरले नेपाली उद्योगलाई धरासयी बनाउने काम गरेको भन्दै आफुले मजदुरको उद्योग बन्दहुनु पुर्वको सबै रुपैया भुक्तानी गरेको गंगा सोपका सञ्चालक बाँनीयाले बताए ।

                                  कार्यक्रममा बोल्दै उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले युनिलिभरले एकलौटी ढंगबाट सम्झौता तोडनु गलत रहेको बताए । आफुहरुले उक्त उद्योगलाई पुन खोल्ने गरि छलफलमा रहेको भन्दै उनले औद्योगिक क्षेत्रमा भएको सम्पूर्ण समस्यालाई समधान गर्नको लागि आफुहरु लागिपरेका बताए ।
पटक पटक भएका मजदुर आन्दोलनमा समस्या समाधानका लागि उपल्लो निकायमा अन्तराष्टिय राजनैतिक दवाव श्रृजना गदै आएको युनिलिभरले यस पटक पनि पुरानै फर्मुला अपनाएर मजदुर र नेपाली लगानिकर्ता दुवैलाई तह लगाउन लविङ गरि सकेको श्रोतको दाावी छ ।

                         यसबारेमा हेटौंडास्थित युनिलिभरका प्रतिनिधिहरुले आफुहरुलाई बोल्ने अधिकार नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया