३ नम्बर प्रदेश संसदमा मिडिया काउन्सिल विधेयकको विरोध

गुगलपाटी संवाददाता हेटौंडा
७ जेष्ठ २०७६ १२:०४

३ नम्बर प्रदेश सभाका प्रदेश सभा सदस्यले सरकाले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन् । नेपाली कांग्रेसका सांसद पुकार महर्जनले सरकारले मिडिया काउन्सिल विधेयक मार्फत प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै विरोध गरेका हुन् ।

प्रदेश ३ को आर्थिक वर्ष २०७६/०७७ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको विषयमा बोल्दै संघिय सरकारले पत्रकारहरुको मुख थुन्ने काम भइरहेको नेपाली कांग्रेसका सांसद महर्जनले आरोप लगाएका हुन् । विनियोजन विधेयकमा आज ११ जना प्रदेश सभा सदस्यहरुले आफ्नो विचार राखेको थिए । अधिकांश प्रदेश सभा सदस्यहरुले बजेट कार्यान्वयनमा शंका व्यक्त गरेका थिए ।

मंगलबार भएको प्रदेश सभाको वैठकमा “प्रदेश स्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक”माथी सैद्धान्तिक छलफल पनि भएको छ । प्रदेश सभाको अर्को वैठक भोली ३ बजेलाई बोलाइएको छ ।

तपाईको प्रतिक्रिया