फेसबुकबाट यौनप्रस्ताव राख्ने पक्राउ

गुगलपाटी संवाददाता
७ जेष्ठ २०७६ १४:२७

 

काठमाडौं : फेसबुक मेसेन्जरमा अश्लील भिडियो तथा फोटो पठाएर यातना दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका– ६ बस्ने सुरेन्द्र नेपालीले एक युवतीलाई फेसबुकको मेसेन्जरबाट अश्लील भिडियो तथा फोटा पठाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

एक महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालीले मेसेन्जरबाटै युवतीसँग यौन प्रस्ताव राखेका थिए । पक्राउ परेका नेपालीलाई पर्वत प्रहरीले काठमाडौं प्रहरीमा पठाएको छ ।
–जनता समाचार

तपाईको प्रतिक्रिया