पदमपोखरीमा प्रहरी आफैं असुरक्षित  (फोटो फिचर)

गुगलपाटी संवाददाता हेटौंडा
१० जेष्ठ २०७६ ०९:२४

हेटौंडा १३ पदमपोखरी बनस्पतिमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको ईकाई सेवा केन्द्रमा प्रहरी आफैं असुरक्षित रहेका छन् । वर्षातमा पानी चुहिएर विजोग हुन्छ भने चैत वैशाखमा आएको हुरीले प्रहरीको टहरा उडाउन खोज्छ ।

आर्थिक वर्ष २०७३/०७४ मा भवन निर्माणको लागि आएको दुइ लाखमा स्थानीयले केहि रुपैयाँ थप गरेर भवनको जग हाल्ने काम भएता पनि रकम अभावको कारण भवनको थप काम हुन सकेको छैन ।

स्थानीय समाजसेवी स्वर्गिय रामप्रसाद दाहालले आफ्नो घर प्रहरीलाई हस्तान्तराण गरेर स्थापन भएको उक्त सेवा केन्द्रमा हाल ३ जना प्रहरी रहेका छन् । अहिले ३ जना प्रहरीको लागि सुत्ने कोठा, खाना खाने कोठा र कार्यालयको काम एक ठाउँबाटै हुँदै आएको छ ।

स्थानीय स्तरमा शान्ती सुरक्षा प्रदान गर्न बसेको प्रहरी नै असुरक्षित हुँदा पनि सम्बन्धित पक्षले ध्यान दिन सकेको छैन।