सस्तो हुँदै गएको अभियान शब्द प्रती मेरो केही धारणा
सोनी भट्टराई हेटौंडाईतिहास :
अभियान अर्थात ” campaign ” शब्द फ्रान्सको ” campaine “सव्द सँग सम्बधित छ | जसको अर्थ , खुला राज्य अर्थात भुभाग भन्ने जनाउछ| १६ को दशकमा यो सव्दलाई आर्मिले प्रयोग गरे , त्यतिबेलाका साशक र आर्मिले त्यो खुला राज्य अथवा भुभाग माथि कब्जा जमाउने रणनितीका रुपमा प्रयोग भएको सव्द पछी राजनीतिकरण हुँदै सामजिकिकरण भएको सव्द हो | १८ को दशकमा अाइपुग्दा बेलायतले यसलाई political campaign को रुपमा बिकास गर्यो | १९ को दशकपछी मानवअधिकार र सामाजिक आन्दोलनहरुमा यो सव्द व्यापक रुपमा प्रयोग गरियो |
आन्दोलन र अभियानमा फरक :
आन्दोलनले ठुलो समुहको प्रतिनिधित्व गर्छ | आन्दोलन समान विचार बोक्नेहरु द्वारा नेत्रित्व गरिएको र निस्चित मागहरु बोकी सासक तथा राज्यपक्ष सँग माग पुरा गर्नका निम्ती गरिने कुनै वर्ग वा जात वा धर्म विषेशले अपनाउने विधी हो | आन्दोलनको नरम बिन्दु सम्झौता हो भने चरम् बिन्दु युद्द हो | त्यसकारण , आन्दोलनको हार वा जित अवस्य हुन्छ |
अभियान पनि समान विचार भएकाहरुकै समुह हो | तर यो आन्दोलन भन्दा प्रिथक छ किनभने यो एउटा स्पस्ट लक्ष्य प्राप्ती गर्नका निम्ती सङठित् समुह हो | अभियानको हार वा जित हुँदैन | यो अभियानले निर्धारण गरेको लक्ष्य प्राप्तीका लागि मात्रै केन्द्रित हुन्छ | अभियान कुनै राज्य , सस्था वा नागरिक स्तरबाट सन्चालित हुन्छ | यो हिन्सात्मक हुँदैन किनकी यसको मुल सिद्दान्त भनेकै सचेतना र समान विचार भएकाहरुको सन्जाल बिस्तार हो | अभियानको तत्काल परिणाम आउँदैन किनकी यो दुरदर्षी विचारबाट प्रवाहित र समयको अनुकुलता बाट प्रभावित हुन्छ | अभियानको स्पस्ट भिजन र मिसनहरु हुन्छ | मिसनहरु पुरा हुनुलाई सफल अभियानको सुचक मान्न सकिन्छ | त्यसकारण , अभियानलाइ मानव सभ्यता या कुनै लक्ष्यको सरक्षणको जग भन्न सकिन्छ | यसर्थ , अभियानको नेत्रित्व हस्तान्तरण हुँदै जान्छ |
त्यसैगरी , अर्को बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने अभियान सँग आवद्द सबै अभियान्ता होइनन | अभियान्ता भनेको अभियान चल्नका निम्ती चाहिने दुरदर्षिता र योजना बनाउने या दिने नेत्रित्ववर्गलाई मात्रै जनाउछ | अभियानका सदस्य , सल्लाहकार र शुभचिन्तकहरु हुन सक्दछन |
आजकाल जतिपनी अभियानको नाम लिएर चलेका समुहहरु छन कि त ति संघ सस्थाका स्वरुप हुन या त कुनै कार्यक्रम हुन | राजनीतिक अभियानहरु विस्वव्यापी रुपमा त १८ को दसक तिरै सकिएको हो | तापनी , दक्षिण एसियाका नेपाल , भारत सहित् केही राष्ट्रमा यो अझै जीवनत छ भने यदाकदा अन्य स्थानमा अवशेशको रुपमा यसलाई पाईन्छ |सामाजिक अभियानहरु चलिनुपर्दछ तर यसले आफ्नो मान्यतालाई पालना गर्नुपर्दछ |
नेपालको सन्दर्भमा अभियान :
नेपालमा २०३४ मा सस्था दर्ता ऐनको बिकास र २०४७ को जनआन्दोलन र त्यसको उपलव्धी पछी धेरै संघ सस्थाहरु स्थापना भए | त्यसैगरि , धेरै अन्तरराष्ट्रिय संघसस्था समेत् भित्रिए | त्यसपछी , कार्यक्रमकै अर्को स्वरुपका रुपमा अभियानलाई लिन थालियो र अभियान सव्द प्रयोग हुन थालयो | हालसम्म अाइपुग्दा त अभियान सस्थाकै रुपमा दर्ता भएको सम्म देखिन्छ | राज्यले आँफै अभियान चलाऊने निती लिनु सकरात्मक् हो तर नेपाल सरकारले सामान्य कार्यक्रमलाई समेत् अभियानको रुपमा विकसित् गर्नु उचित होइन | त्यसैगरि , निस्चित समयसिमा तोकेर नेपाल भित्रिएका विदेशी निकायलाई समेत् अभियान सन्चालन गर्न रोक लगाउनुपर्छ | किनकी त्यो हाम्रो भुमिअनुकुल नहुन सक्दछ र निस्चय नै सिमित मानविय र आर्थिक श्रोतबाट अभियान सन्चालन हुन सक्दैन | त्यसलाई ,कार्यक्रम भन्न सकिन्छ |
निस्कर्ष :
नेपाल जस्तो विकासोन्मुख् राष्ट्रका लागि अभियान अपरिहार्य छ | यहाँको कृषि , शिक्षा , स्वास्थ्य , जलश्रोत लगायत केही सामाजिक रुपान्तरन , मानवता र धार्मिक एकता रक्षाका निम्ती अभियानहरु चल्नु अत्यन्तै आवश्यक देखिन्छ | राज्यको कार्यकारी निकायबाट विषेश नियमन हुने व्यवस्था सहित् सम्बन्धित क्षेत्रको विग्यहरुको नेत्रित्वमा अभियानहरु सन्चालन गरिनुपर्दछ | तर , अभियान जस्तो सम्वेदन्शिल कुरामा राज्य ,संघ सस्था या कुनै समुहले आफुलाई मान्यता विपरित अभियान र कोही व्यक्तिले आफुलाई अभियानता भन्छ भने त्यस्लाई मुर्खता बाहेक केही भन्न सकिदैन | त्यसैले कोही मुर्ख नबनौ | राज्य अभियानप्रती लचिलो नहुँदा अन्य विकल्पहरुको सोच हुन सक्ने सम्वेदन्शिलतालाई ध्यानमा राख्दै स्वतन्त्र रुपमा अभियान सन्चालन गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्दछ |
– साहबाज खान, When Did ‘Campaign’ Become Political? लेख लगायत अन्य केही लेखहरुको सहयोगमा