सुतेकै ठाउँमा मृत्यु, हेटौंडाबाट कुकुर सहितको टोली घटना स्थलमा
गुगलपाटी संवाददाता हेटौंडाकालिका नगरपालिकामा एक व्यक्ति सुतेकै स्थानमा मृत फेला परेका छन् । कालिका १ डडुवाका ४८ वर्षीय कुमार श्रेष्ठ आफ्नै घरमा सुतेको अवस्थामा मृत भेटिएका हुन्। उनको मृत्यु शंकास्पद देखिएकाले अहिले प्रहरीले घटनस्थललाई सिल गरेर राखेको छ । अनुसन्धानको लागि गर्नका प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट कुकुर सहितको टोली घटना स्थल तर्फ गएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका निरीक्षक युवराज तिमल्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलमा फुटेको इँटा फेला परेको छ । शरीरमा भने चोटपटक देखिएको छैन । बिहान ७ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली ७ : ३० बजे घटनास्थल पुगेको थियो । –थाहा खबरको सहयोगमा