३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत( तस्बिर सहित )

गुगलपाटी संवाददाता
१४ जेष्ठ २०७६ १४:२३

हेटौंडाः ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ । ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेकी हुन् ।
प्रदेश नम्बर ३ सरकार तर्फबाट आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि आज प्रदेश सभामा नीतितथा कार्यक्रम प्रस्तुत भएको हो ।

नीति तथा कार्यक्रमको प्रभावकारीताको लागि फलोअप डेस्क स्थापना गर्ने लगायत रहेको छन् । प्रदेश सरकारले अबको दुई बर्ष भित्र प्रदेश भित्रका भुकम्पबाट क्षति भएका सम्पदाहरुको पुन निर्माण गरिसक्ने उल्लेख रहेको छ । साथै प्रदेशका महानगरपालिका भित्र कुनैपनि परिवार खरको छानो भित्रको झुपडीमा बस्नु नपर्ने उल्लेख गरेको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिएर एकिकृत जग्गा तथा बस्ती विकास कार्यक्रम अगाडी बढाउने भएको छ ।

प्रदेश ३ सरकारले नीति तथा कार्यक्रममा उज्यालो नेपाल अभियानलाई प्राथमिकता दिएको छ । त्यसैगरी आगामी दुई वर्ष भित्रमा २ हजार सिट क्षमताको प्रादेशिक सम्मेलन केन्द्रको स्थापना गर्ने उल्लेख गरेको छ । यातायात क्षेत्रको सेवाको लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममा सार्वजनिक–नीजि साझेदारीमा सार्वजनिक बस सेवा सञ्चालन गर्ने उल्लेख गरेको छ । उक्त बस सञ्चालनको लागि प्रादेशिक यातायात प्राधिकरणको गठन समेत गरिने उल्लेख छ ।

यस्तै प्रदेश भरि ५ किलोमिटर सम्म पक्की सडक बनाउँदा स्लाप ढलान गर्ने गरि सडक निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा रहेको छ । चालु आर्थिक वर्षमा सफल भएको एक बिद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेशका १ सय १९ वटै स्थानीय तहमा यो कार्यक्रम लागु गरिने लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । 

यस्तै सरकारले प्रशासनिक क्षेत्रलाई व्यवसायिक, प्रतिष्पर्धी र नतिजामुखी बनाउने भन्दै प्रदेश सार्वजनिक प्रशासन गुरुयोजना बनाएर कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । प्रशासन सम्बन्धी प्रदेश लोकसेवा प्रदेश निजामती अभिलेख केन्द्र, प्रदेश सार्वजनिक सेवा सञ्चालन निर्देशिका जारी गरि कार्यान्वयन गर्ने लगायत रहेका छन् ।