नेसन्स लिगका लागि नेदरल्याण्ड फुटबल टोलीको घोषणा

गुगलपाटी संवाददाता एजेन्सी
१५ जेष्ठ २०७६ ०५:४१

नेदरल्याण्डले नेसन्स लिग खेल्ने २३ सदस्सीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार नेदरल्याण्डले नेसन्स लिगलाई केन्द्रित गर्दै राष्ट्रिय टोलीको घोषणा गरेको हो । पोर्चुगलमा हुने नेसन्स लिगको सेमिफाइनलमा नेदरल्याण्डले जुन ६ मा इंग्ल्याण्डको सामना गर्दैछ ।

नेदरल्याण्ड टोली

गोल रक्षकः मार्को बिजोट, जास्पर चिल्सेन, केनेथ भिर्मिर

डिफेन्डरः नाथन एके, डेली ब्लाइन्ड, डेनजेल डुम्फ्रिस, स्टेफान डी भिर्ज, माथिज डी लिग्ट, हान्स हटबोएर, पाट्रिक भान र भिर्गिल भान डिज्क

मिडफिल्डरः फ्रेन्की डी जोङ, मार्टिन डिन रुन, डेभि प्रोप्पर, केभिन स्ट्ररुटम्यान, डोनी भान डी बीक, टोनी भिल्हेना र जर्जियानो विज्नालडम

फरवार्डः रायन बाबेल, स्टेभेन बेर्जेविन, लुक डी जोङ, मेम्फिस डिपे र क्विन्सि प्रमिस

तपाईको प्रतिक्रिया