भारतमा नक्कली मदिरा, १७ जनाकाे मृत्यु
गुगलपाटी संवाददाता सिन्ह्वा
भारतको उत्तर प्रदेशमा नक्कली मदिरा पिउँदा कारण १७ जनाको मृत्यु भएकाे छ ।
उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।
मदिरा पिएका ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिनु भएको थियो ।
सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा पिएर कारण एक सय ७२ जनाको ज्यान गएको थियो ।
भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंङ्गाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्सेनि धेरैको ज्यान जाने गरेको छ ।