अभिभावक बन्न हानथाप

गुगलपाटी संवाददाता वीरगन्ज
१३ बैशाख २०७५ १०:५८

विद्यालयको पहुच भन्दा वाहिर रहेका १३ बालिकाहरुको अभिभावकत्व ग्रहणगरी विद्यालय भर्ना अभियानलाइ पर्सामा तिव्रता दिइएको छ ।
वीरगन्ज महानगपालीकाको विभिन्न विद्यालयहरुमा विहीबार आयोजित कार्यक्रमहरुमा मुख्य मन्त्री लालबाबु राउत गदीले २ जना,नगर प्रमुख विजय कुमार सरावगीले ९जना बालिका,उधोगपति जगदिश अग्रवालले १जना बालक र वडाअध्यक्ष श्यामबाबु चौरसियाले एक जना बालिकाहरुको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।मुख्यमन्त्री लालबाबु राउत गदीले आदिती कुमारी र मनिषा कुमारी,नगर प्रमुख वीजय कुमार सरावगीले संध्या महरा चमार,सिता कुमारी,रुपान्ति कुमारी,निकी कुमारी,पुनम कुमार धानी कुमारी,काजल कुमारी,नेहा कुमारी र आरती कुमारीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
यसैगरी उधोगपति जगदिश अग्रवालले रोशन साह र वडा अध्यक्ष श्यामबाबु चौरसियाले चांदनी ठाकुरको अभिभावकत्व ग्रहण गर्नभएको हो । प्रदेश सरकारको बेटीपढाइ बेटी बचाइ अभियान र वीरगन्ज महानगपालीकाले सुरुगरेको बालबालिका अभियानलाइ तिव्रता दिने उदेश्यले वीरगन्जको नेपाल राष्टिय विद्यालय नगवा,रामधेनु तिवारी आधारभुत विद्यालय छपकैया र त्रियुद्ध माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बालवालिकाहरुलाइ अभिभावकत्व ग्रहण गर्नुको साधै विद्यालयमा अध्यनरत छात्रछात्राहरुलाइ पाठ्यपुस्तक सामग्रहि समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउत गदीले खास गरेर मधेसमा पुरुष महिला विच विद्यमान रहेको असमान्तालाइ अन्त्य गर्न बेटी पढाइ बेटी बचाइ अभियान सुरु गरिएको हो ।यो अभियानलाइ सबै मिलेर तिव्रताको साथ अगाडि बढाउन आहवान गर्दै उहाले वालिकाहरुको उथ्थानको लागी प्रदेश सरकारले विभिन्न रचनात्मक कार्यक्रमहरु ल्याउने बताउनु भयो। पर्सामा दश प्रतिशत बालबालिकाहरु बिद्यालयबाहिर रहेको गैर सरकारी संस्थाहरुले बताएका छन् । खासगरी जिल्लाको अति बिपन्न तथा दलित समुदायका बालबालिकाहरु बिद्यालयको पहुंचभन्दा बाहिर रहेको पाइएको छ । सबै बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयको पहुँचसम्म ल्याउनका लागि जिल्लाका जनप्रतिनिधिहरुद्वारा हानथाप गरिएको हो ।