१३ वर्षिया छोरी बलात्कार गर्ने हेटौंडाका निर्दयी बाबुलाई १९ वर्ष जेल

गुगलपाटी संवाददाता
२३ जेष्ठ २०७६ १४:३९

हेटौंडाः छोरी बलात्कार गरेको अभियोग लागेका एक बाबुलाई जिल्ला अदालत मकवानपुरले १९ वर्ष कैद फैसला गरेको छ । नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै बावुलाई १९ वर्ष कैद गर्ने फैसला हो । जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलाशले हेटौंडा उपमहानगरपालिका–१२ का ३७ वर्षीय सानुकुमार स्याङ्तान (नाम परिर्वतन) बाबुलाई १९ बर्ष कैद गर्ने फैसला गरेको हो ।
उनलाई ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ । अदालतले नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेकोमा १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला सुनाएको हो । १३ वर्षीया बालिकालाई बावुले पटकरपटक बलात्कार गर्नुको साथै यौन दुव्र्यवहार गर्दै आएका पीडितको बयान छ । पछिल्लो पटक बावुले २०७५ २१ पुसमा बलात्कार गरेका थिए । उक्त घटना बालिकाले छिमेकी महिलालाई भनेपछि उक्त अपराध सार्वजनिक भएको हो । पीडित बालिका र छिमेकीहरुले २२ पुसमा मुद्दा दायर गरेका थिए । प्रहरीले २३ पुसमा बावुलाई पक्राउ गरेको थियो । जिल्ला अदालत मकवानपुरले माघको दोस्रो सातामा पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो । नाबालिकाको आमाले दोस्रो विवाह गरेर अन्यत्र गएपछि उनलाई बावुले यौन दुप्र्यवहार र बलात्कार गर्न थालेका थिए । –कान्तिपुरको सहयोगमा

तपाईको प्रतिक्रिया