स्वास्थ्य सम्बन्धी अन्तरक्रिया

गुगलपाटी संवाददाता हेटौंडा
२५ जेष्ठ २०७६ ०६:००

 सर्ने रोग र नसर्ने रोग सम्बन्धी हेटौंडामा अन्र्तक्रिया भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा मकवानपुरका सञ्चारकर्मीहरु विच अन्र्तक्रिया भएको हो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत विदुर झाले नसर्ने रोग विश्वमै बढ्दै गएको बताएका थिए । विश्वमा मृत्यु हुनेहरुमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगहरुबाट हुने बताएका हुन । झाले विश्वमा वर्षेनी ४ करोड १ लाख मानिस नसर्ने रोगबाट मृत्यु हुने गरेको बताएका हुन् । विश्व स्वास्थ्य संगठन (धजय) ले कुल बजेटको १० प्रतिशत छुट्याउनु पर्ने भएता पनि नेपाल सरकारले नछुटट्याएको बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना कुमारी लामाले हेटौंडा उपमहानगर भित्रको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए । कुकुर व्यवस्थापन गर्ने विषयमा पत्रकारहरुले सुझाव दिएका थिए । हेटौंडा बजार भित्रका कुकुरहरुको व्यवस्थापन गर्ने सन्दर्भमा पशु अधिकारकर्मीका कारण समस्या परेको बताएकी थिइन् ।