युरोकप छनोट : जर्मन, क्रोयशिया र बेल्जियम विजयी

गुगलपाटी संवाददाता एजेन्सी
२६ जेष्ठ २०७६ ०६:३९

युरो कप छनौट प्रतियोगितामा बलियो टोलीहरु जर्मन, क्रोयशिया र बेल्जियम विजयी भएको छ ।

शनिबार राति खेलिएको खेलहरुमा यि तीन टोली आफ्नो समुह अन्तर्गतको खेलहरु जितेका हुन् ।

बेल्जियमले घरेलु मैदानमा काजाखस्तानलाई ३–० ले हरायो । बेल्जियमको लागि रोमेलु लुकाकु, टिमोथी कास्तान र ड्राइस मेर्तेनले गोल गरेका छन् । सहज जित हात पारेको बेल्जियमले समुह आई मा तीन खेलबाट ९ अंक जोडेको छ ।

त्यस्तै अर्को खेलमा क्रोयशियाले वेल्सलाई २–१ गोल अन्तरले हराएको छ । क्रोयशियाको लागि इभान पेरिसिचले एक गोल गरे भने वेल्सका जेम्स लरेन्सले आत्मघाती गोल गरे । वेल्सको तर्फबाट डेभिड ब्रुकले गोल गरेका छन् । समुह ई मा क्रोयशियाले ३ खेलबाट ६ अंक मात्र जोड्न सकेको छ ।

शनिबारनै भएको अर्को खेलमा जर्मनीले बेलारुसलाई २–० गोल अन्तरले पराजित गरेको छ । जर्मनीको लागि लेरोय सेन र मार्को रेयसले गोल गरेका छन् । दुई खेल खेलेको जर्मनीले समुह सी मा ६ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया