फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल

गुगलपाटी संवाददाता एजेन्सी
२६ जेष्ठ २०७६ ०९:०८

 फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । अस्ट्रेलिया इटलीसँग प्रतिस्पर्धा गर्दा बाज्रिल जमैका तथा इङ्ल्यान्ड स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह सी को आफ्नो पहिलो खेलमा अस्ट्रेलिया इटलीको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । समूह सी को अर्को खेलमा ब्राजिल र जमैका आमनेसामने हुनेछन् । स्टेड डेस अल्पेसमा खेल नेपाली समयअनुसार बेलुका ९ः१५ बजे सुरु हुनेछ ।

यस्तै समूह डी को पहिलो खेलमा इङ्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल ११ः४५ बजे हुनेछ । यसअघि भएका खेलमा जर्मनीले चीनलाई १–० ले पराजित गर्दा स्पेनले दक्षिण अफ्रिकालाई ३–१ तथा नर्वेले नाइजेरियामाथि ३–० को जित दर्ता गरेको छ ।

तपाईको प्रतिक्रिया