केडिसाको निर्णायक गोलमा क्यामरुनमाथि क्यानडाको जित

गुगलपाटी संवाददाता एजेन्सी
२८ जेष्ठ २०७६ ०७:१८

 केडिसा बुच्नानको निर्णायक गोलमा क्यानडाले जारी महिला विश्वकप फुटबलमा क्यामरुनमाथि जित निकालेको छ । आज बिहान सकिएको खेलमा क्यानडालाई विजय बनाउन केडिसाले गरेको एकमात्र गोल प्रर्याप्त भयो । ला मोसन मैदानमा पहिलो हाफको अन्तिम समयमा केडिसाले क्यानडालाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा क्यामरुनको खेलमा फर्कन प्रयास असफल हुँदा क्यानडा बिजय भएको हो ।

जितसँगै ३ अंक जोडेको क्यानडा समुह इ को शिर्ष स्थानमा छ । क्यानडाले अब अर्को खेल आइतबार न्युजिल्याण्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया