प्रदेश समन्वय परिषदको बैठक भोलीबाट हेटौँडामा

गुगलपाटी संवाददाता  हेटौंडा
२८ जेष्ठ २०७६ १०:४२

 ३ नम्बर प्रदेशको प्रदेश समन्वय परिषदको बैठक भोलीबाट हेटौँडामा हुने भएको छ । भोलीको कार्यक्रमलाई लक्षित गर्दै मुख्यमन्त्री डोरमणि पौडेल सिमरा हुँदै हेटौंडा आइसकेका छन ।

भोलीबाट हुने बैठकमा प्रदेश नम्बर ३ का सम्पूर्ण स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षहरु र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने छ ।

प्रदेश नम्बर ३ सरकारको आयोजनामा हुने कार्यक्रमले प्रदेशको स्थाीय तहको विकासलाई कसरी थप प्रभाकारी बनाउने, गाउँ सरकार र प्रदेश सरकारबीचको समन्वयलाई थप ब्यवस्थित बसरी बनाउने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

कार्यक्रम मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा हुने भएको हो । बैठक भोली जेठ २९ र पर्सी जेठ ३० गतेसम्म दुई दिन हुनेछ ।

तपाईको प्रतिक्रिया