स्थानीय सरकारले आफुलाई राजा सोच्न थाले : मुख्यमन्त्री

गुगलपाटी संवाददाता हेटौंडा
२९ जेष्ठ २०७६ ०७:११

 ३ नम्बर प्रदेशको प्रदेश समन्वय परिषदको बैठक आजबाट हेटौँडामा सुरु भएको छ । बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले केहि स्थानीयतहहरुले आफुलाई राजा सोच्न थालेको बताए । स्थानीय सरकार आफ्नै ढंगले मात्रै चल्दा समृद्धिको बाधक बन्ने बताएका छन् । तीन वटा सरकार तीन तर्फ फर्कँदा विकास हुन नसक्ने बताएका हुन् ।

स्थानीय तहले समन्वय नगरेको भन्दै स्थानीय तहले बनाएको कानुन प्रदेश सरकारलाई थाहा नभएको समेत बताएका हुन् । सरकार विच समन्वय नहुँदा समस्या आएको बताए । देश निर्माण गर्न सबै मिल्नुपर्ने बताउँद सरकारहरु विचमा भएका समस्याको छलफल र गरेर निष्कर्ष निकाल्नुपर्ने बताए ।

सरकारमा बस्नेहरुले ठुला राजनीतिक परिवर्तन गरेर आएता पनि काम गर्ने शैली परिवर्तन हुन नसकेको बताए । उद्घाटन सत्रमा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ र आन्तरिक मामिला मन्त्री शालिकराम जम्मकट्टेलले मन्तव्य राखेका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सुरु भएको बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा अन्र्तगतका संसदीय समितिका सभापतिहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, १ सय १९ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिती रहेको छ । भोल सम्म चल्ने बैठकमा आज ४ वटा कार्यपत्र प्रस्तुत हुँदैछ  ।

 

तपाईको प्रतिक्रिया