अनौठो चलन जहाँ सित्तैमा पाइन्छ मदिरा र सेक्स !

गुगलपाटी संवाददाता एजेन्सी
२९ जेष्ठ २०७६ ०७:५२

अस्ट्रियाको साल्जबर्ग सहरमा एउटा अनौठो चलन छ । आफ्ना ग्राहकलाई मदिरा र सेक्स सित्तैमा उपलब्ध गराइन्छ । ग्राहकले सित्तैमा छानीछानी युवतीसँग सेक्स गर्न पाउँछ ।

सरकारले लगाएको चर्को करबाट बच्न वेश्यालयले आफ्ना ग्राहकलाई सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वेश्यालयले सरकारलाई कर नतिर्ने रणनीति अनुसार ‘यहाँ सित्तैमा प्रवेश पाइनेछ । हामी सित्तैमा मदिरा र सेक्स गर्न दिनेछौं ।’ भनेको छ ।

पैसाको कारोबार नभएपछि सरकारले वेश्यालयबाट कर नअसुल्ने भएकाले ग्राहकलाई सित्तैमा सेवा दिइएको समाचारमा जनाइएको छ । वेश्यालयका मालिक हर्मन म्युलरले सेक्स कारोबार नियन्त्रण तथा कर विरोधी अभियान अन्तर्गत ग्राहकलाई सित्तैमा सेवा दिएको बताएका छन् ।

सित्तैमा सेक्सको अफर सदुपयोग गर्न वेश्यालयको अगाडि हजारौं मानिसहरु लाइन लागेको अस्ट्रियाका सञ्चारमाध्यमका तस्बिरमा देखाइएको छ । वेश्यालयका मालिक म्युलरले सेक्स सेवा दिने कर्मचारीलाई पूरा पारिश्रमिक दिने जनाएका छन् ।

तपाईको प्रतिक्रिया