मकवानपुरका अर्याल केन्द्रीय सदस्य

गुगलपाटी संवाददाता
१४ असार २०७६ १३:३९

हेटौंडाः नेशनल सोतो कराँतेको केन्द्रीय सदस्यमा मकवानपुरका गणेश प्रसाद अर्याल चयन भएका छन् । ललितपुरमा आज भएको अधिवेशनबाट  हेटौंडा– ५ का अर्याल केन्द्रीय सदस्यमा चयन भएका हुन् । नेशनल सोतो कराँतेको पहिलो अधिवेशनबाट बलबहादुर कुँवरको नेतृत्वमा ११ जना केन्द्रीय समिति चयन भएको अर्यालले बताएका छन् । अर्याल यस अघि नेशनल सोतो कराँते ३ नम्बर प्रदेशका प्रमुख प्रशिक्षक रुपमा रहेका थिए ।

तपाईको प्रतिक्रिया