चुरियामाई माविको नयाँ भवन शिलान्यास

गुगलपाटी संवाददाता हेटौंडा
२३ असार २०७६ ०७:४५

हेटौंडा १५ शिखरपानीमा रहेको चुरियामाई माविको नयाँ विद्यालय भवन शिलान्यास गरिएको छ । विनासकारी भूकम्पले विद्यालय भवन भत्काएपछि डिएलआइपीयु जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरको आर्थिक सहयोगमा चार कोठेको नयाँ भवन निर्माण थालिएको हो ।

आगामी ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी विद्यालय निर्माण सुरु गरिएको हो । विद्यालय भवन निर्माण पूरा गर्न करिब ६७ लाख लागत लाग्ने अनुमान गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनील मोक्तानको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य पातलीमाया गोङ्बाको प्रमुख आतिथ्यमा शिलान्यास गरिएको हो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष लीलाकुमार घलान, प्रधानाध्यापक विष्णु परियार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शिलान्यास कार्यक्रममाका अवसरमा २०७५ को एसईईमा सत प्रतिशत नतिजा ल्याउने विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । विद्यालयमा हाल पाँच सय जना विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया