कंगना रनावत भिडिन् पत्रकारसँग (भिडियो)

गुगलपाटी संवाददाता काठमाडौं
२३ असार २०७६ ०८:१८

विवादमा रहिरहने बलिउड अभिनेत्री कंगना रनावत नयाँ फिल्म जजमेन्टल है क्याको गीत सार्वजनिकीकरण कार्यक्रममा पत्रकारसँग भिडेकी छन् ।

उक्त पत्रकारले आफ्नो अघिल्लो फिल्म मणिकर्णिका : द क्वीन अफ झाँसीको नकारात्मक समीक्षा लेखेको र आफूविरुद्ध बेइज्जती गर्ने अभियान चलाएको आरोप कंगनाले लगाइन् ।

कंगनाले पत्रकारलाई भनिन्, ‘तिमी मेरो बारेमा फोहरी फोहरी कुरा लेख्छौ । राष्ट्रवादी भन्छौ । यति फोहरी सोच कताबाट ल्याउँछौ ? तिमीले मेरो फिल्म मणिकर्णिकाको धज्जी उडायौ । फिल्म बनाएर मैले गल्ती गरें त ? मैले राष्ट्रवादका विषयमा फिल्म बनाउँदा तिमी मलाई राष्ट्रवादी भनेर गिज्याउने ?’

पत्रकारले कंगनालाई गलत काम गरेको र आफूलाई थर्काएको बताएपछि कंगनाले कसैलाई पनि नथर्काएको र आफ्नो कुरा प्रस्ट राखेको बताइन् ।

कंगनाले पत्रकारको फोहरी सोच भनेर मणिकर्णिका फिल्मको प्रेस सम्मेलनको सन्दर्भ लिएकी थिइन् । त्यतिखेर पत्रकार जस्टिन रावले मणिकर्णिका किन पाकिस्तानमा सार्वजनिक गरेको जबकि शबाना आजमीले पाकिस्तानमा एउटा कार्यक्रम आयोजना गर्न खोज्दा तिमीले नै उनलाई गाली गरेकी थियौ भनी सोधेका थिए ।

कंगनालाई त्यसको रिस उठिरहेको थियो र उनले आइतवार जजमेन्टल है क्या फिल्मको वाख्रा स्वाग गीत सार्वजनिक गर्ने कार्यक्रममा पत्रकार आफूलाई बेइज्जत गर्न लागिपरेको बताइन् ।

जजमेन्टल है क्या फिल्मको ट्रेलर सार्वजनिक भएपछि मानिसहरूले प्रशंसा गरिरहेका छन् । फिल्म साउन १० गते रिलिज हुँदैछ ।

कंगना भड्किएको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

एजेन्सी

तपाईको प्रतिक्रिया