दुनियाकै एकमात्र बालिका जसलाई चोट लाग्दा पनि दुख्दैन !

गुगलपाटी संवाददाता एजेन्सी
२४ असार २०७६ ०८:५८

तस्वीरमा देखिएकी यी बालिका देख्नमा त अरु सामान्य बालबालिका झैँ लाग्छिन् । तर यिनी यस्तो रोगबाट पीडित छिन् जसका कारण उनलाई न त निद्रा लाग्छ, न त भोक नै लाग्छ ।

जिउमा जति ठूलो चोट लागोस्, उनलाई फिटिक्कै दुख्दैन । डाक्टरहरुले ओलिविया फ्रान्सवर्थलाई बायोनिकको उपाधि दिएका छन् भने उनकी आमाले स्टिल बाट बनेकी छोरीको उपमा दिएकी छिन् ।

बेलायतको हडर्सफिल्डकी बासिन्दा ओलिवियालाई भोक लाग्दैन, निद्रा पनि निकै कम लाग्छ । तिन दिनमा केवल एक पटक मात्र सुत्छिन्, त्यो पनि मुस्किलले ।

डाक्टरहरुका अनुसार ओलिवियामा क्रोमोजोम सिक्स डिलिसन डिसअर्डर भन्ने वंशाणुजन्य रोग छ । ओलिविया विश्वकै एकमात्र मानिस हुन् जसलाई यो रोगका तिनवटै लक्षण देखिएका छन्, भोक, निद्रा र पीडाको महसुस नहुने ।

जन्मेको केही महिनादेखि नै अलिवियामा यस्तो समस्या देखिएको उनकी आमा बताउँछिन् । उनी शिशु छँदा समेत कहिल्यैपनि रुँदैनथिन् । सुत्न पनि नसुत्ने । ४ वर्षकी हुँदासम्म कपाल पनि राम्रोसँग आएको थिएन । खाना खान पटक्कै मन गर्दिनन् । केवल मिल्क शेक मात्र पिउने र निकै कर गर्दामात्र चिकेन नुडल्स खाने ।

एकपटक उनी नराम्रोसँग लडिन् । उनको ओँठमा गहिरो चोट लाग्यो । निकै डरलाग्दो चोट लाग्दा समेत उनलाई दुखेन, आँखाबाट आँशु आएनन् ।

नदुख्ने समस्याका कारण छोरीलाई जे सुकै हुँदापनि आफुहरुलाई थाहा नहुने अलिवियाकी आमा बताउँछिन् । नियमित रुपमा औषधोपचारका कारण अलिवियाले अहिले केही खान थालेकी छिन् र निद्रा पनि बढेको छ । डाक्टरहरुका अनुसार उनको वशाणुजन्य रोगको पूर्ण उपचार सम्भव छैन । तर यो रोगका लक्षणहरुलाई केही मात्रामा नियन्त्रण गर्न भने सकिन्छ ।