युवाहरुको जागरणका लागि कैलाशमा समाजवादी शिक्षाको निकै प्रशिक्षण आवश्यक छ : अध्यक्ष मोक्तान
गुगलपाटी संवाददाता हेटौंडावैज्ञानिक शिक्षामा समाजवादको निकै महत्वपूर्ण भूमिका रहेको भन्दै कैलाशजस्तो विकट गाउँपालिकाको लागि समाजवाद निकै आवश्यक्ता मकवानपुर कैलाश गाँउपालिकाका अध्यक्ष टंक मोक्तानले बताएका छन् । अर्को वर्षदेखि समाजवादी शिक्षाको प्रशिक्षणलाई थप गर्ने अध्यक्ष मोक्तानले बताएका छन् ।
हेटौँडामा आज पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी शिक्षाको लागि गाउँपालिकाले बजेट समेत छुट्याएर काम गर्ने बताए । उनले भने मकवानपुरको अत्यन्त विकट गाउँपालिकाको युवाहरुमा जागरणको लागि समेत यस्ताखाले तालिम तथा प्रशिक्षण आवश्यक रहेको छ ।
समाजवादको माध्यमबाट समाज परिवर्तन हुने भन्दै उनले समाजवादी दृष्टिकोणलाई गाउँपालिकाले “प्रमोट” गर्ने बताए । आगामी आर्थिक वर्षबाट यस गाउँपालिकाभित्र रहेका टोलविकास संस्था तथा माध्यामिक तहको विद्यार्थीमाझ माक्सवाद तथा समाजवादी शिक्षालाई लैजाने समेत उनले बताए ।
कैलाशले यो पटक सबै वडाहरुमा सडक पुराउने अभियान रहेको भन्दै उनले यो पटक गोगनेबाट कालिकाटार सडकको लागि प्रदेश सरकारसँग आग्रह गरिएको उनको भनाई रहेको छ ।