अत्यन्तै राम्री भएकी भन्दै आफ्नै साथीको हत्या
गुगलपाटी संवाददाता काठमाडौं
रुसमा दुई किशोरीलाई आफ्नो साथी मारेको आरोपमा पक्राउ गरिएको छ । साथी अत्यन्तै आकर्षक भएकोले उनीहरूले मारेका हुन् ।
भिका भनी चिनिने भिक्टोरिया एभरिनाको क्षतविक्षत शरीर रुसको अर्खानगेल्स्क शहरको सुनसान ठाउँमा फेला परेको थियो ।
ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्
उनको अनुहारलाई फुटेको शीशाले कोपरेर क्षतविक्षत बनाइएको थियो अनि घाँटी थिचेर मारिएको थियो ।
लिना र इरिना नाम गरेका दुई किशोरीले साथी मारेको साबिती बयान दिइसकेको प्रहरीले जनाएको छ ।
एक प्रहरी अधिकृतले भने, ‘ती मारिने किशोरीले आफू साथीहरू भन्दा निकै राम्री छु भन्थिन् । त्यसैले उनले आफूहरूलाई गिल्ला गरिरहने किशोरीहरूले केरकारका क्रममा बताए । भिका कलेजमा खाना पकाउने शेफ विषय पढिरहेकी थिइन् र उनी आफ्नो चम्किलो तथा आकर्षक अनुहारका कारण घमण्ड गर्थिन् ।’
दुई किशोरीले भिकालाई झूटो बहाना बनाएर सुनसान भवनमा बोलाएको अनि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
एकजनाले भिकालाई समातिन् अनि अर्कीले हतियार प्रयोग गरेर मारिन् ।
हत्या गरेपछि उनीहरू घर गए । लाश भेटिएपछि उनीहरूले स्तब्ध भएको जस्तो देखाए ।
यी दुई आरोपित दोषी ठहर भए भने १५ वर्षको कारावास सजाय हुन सक्छ ।
एजेन्सी