नेपालले मलेसियालाई ७ विकेटले हरायो, ज्ञानेन्द्रको अर्धशतक

गुगलपाटी संवाददाता काठमाडौं
८ श्रावण २०७६ ०५:४०

कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक ब्याटिङ गर्दै कीर्तिमानी अर्ध शतक पुरा गरेका छन् ।
आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य पछ्याउने क्रममा मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् ।

मल्लको विश्फोटक अर्ध शतकसँगै नेपाल जित नजिक पुगेको छ । मल्ल टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन् ।

यसअघि गत साता विनोद भण्डारीले मलेसियासँगको दोस्रो खेलमा २५ बलमा बनाएको अर्ध शतकको रेकर्ड तोडेका हुन् ।छैटौं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै कीर्तिमान अर्ध शतक पुरा गरेका मल्ल अर्को बलमा क्याच आउट भएका छन् । मल्लले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

मल्लको टी ट्वान्टी आईमा यो पहिलो अर्ध शतक हो । नेपालबाट टी ट्वान्टी आईम अर्ध शतक पुरा गर्ने मल्ल पाँचौ ब्याट्सम्यायन हुन् ।