मकवानपुरको फाखेल सडकखण्ड सञ्चालनमा

गुगलपाटी संवाददाता हेटौंडा
१० श्रावण २०७६ ०५:४५

 हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको फाखेल सडकखण्ड सञ्चालनमा आएको छ ।आज बिहानैबाट अवरुद्ध भएको सडकको पहिरो एक्साभेटरले पन्छाएपछी खुलेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत पर्ने सिस्नेरी सडमा लडेको पहिरो भने पन्छाउन बेलुका सम्म लाग्ने बताइएको छ । फाखेल सडकमा पहिरो पन्छाएपछी छोटो दुरीको मार्ग भएर चल्ने सवारीका साधनहरु अहिले सुचारु भएका छन् ।

हेटौंडा, भिमफेदी, कुलेखानी सडक अन्तरगत फाखेल, सिस्नेरीका दुईवटा सडक भएर काठमाण्डौ पुगिने सडक बिहान ५ बजेबाट अवरुद्ध भएको थियो । आज बिहान इन्द्रसरोवर गाउँपालिका २ सल्लेमा र इन्द्रसरोवर ३ तापीखोल्सामा पहिरो गएकाले सडक अवरुद्ध भएको थियो ।