दिल्लीका चोकचोकमा आनीका तस्बिर
गुगलपाटी संवाददाता नयाँ दिल्ली
चर्चित गायिका आनी छोइङ डोल्मा साताव्यापी एकल प्रस्तुतिका लागि दिल्ली आइपुगेकी छन्। उनी मुम्बइबाट आइतबार दिल्ली पुगेकी हुन्।
दिल्लीको छत्तरपुरमा ‘दि वुमन’ नामक सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले एकल प्रस्तुति दिँदैछन्। यसअघि मुम्बाईको जे मेरियट होटलमा उनको एकल प्रस्तुति थियो।
दिल्लीमा हुन लागेको आनीको प्रस्तुतीलाई प्रचार तथा प्रवर्द्धन गर्नका लागि दिल्लीका चोकचोकमा आनीको तस्बिरसहितका होडिङबोर्ड र तस्बिर टाँगिएका छन्। आनीले विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा आफू सहभागी भएको अन्नपूर्ण अनलाइनसँग बताइन्।
उनले आफ्ना ख्याती कमाएका गीतहरू नै त्यहाँ प्रस्तुत गर्ने बताइन्। कनसर्टका लागि आफ्नो सांकेतिक समूहका साथ दिल्ली आइपुगेकी छन्। उनको समूहमा वरिष्ठ संगिता न्युह बज्राचार्य पनि छन्। यसअघि ‘द इकोनोमिक टाइम्स’ले गरेको कार्यक्रममा पनि एकल प्रस्तुती दिएकी थिइन्।
उनी दिल्लीमा आयोजित महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रियामा सहभागि हुँदैछिन्। उक्त कार्यक्रममा एसिड आक्रमणबाट बचेकी लक्ष्मी पनि सहभागी हुँदैछिन् । बलिउडका प्रसिद्ध चलचित्र निर्देशक मेघना गुल्जारले लक्ष्मीको जीवनीमा ‘छपक’ नामक चलचित्र समेत निर्माण गर्दैछन्। निर्माणाधिन उक्त चलचित्रमा दीपीका पादुकोणले लक्ष्मीको भूमिका निर्वाह गरेकी छन्।
आनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ।
स्रोत : अन्नपुर्णपोष्ट