जम्मु-कश्मीरका सम्बन्धमा भारतको नेपाललाई ब्रिफिङ
गुगलपाटी संवाददाता नयाँदिल्लीभारतले जम्मु(कश्मीरका सम्बन्धमा लिएको पछिल्लो निर्णयको नेपाललाई औपचारिक ‘ब्रिफिङ’ गरेको छ । मंगलबार भारतको विदेश मन्त्रालयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा विदेश सचिव विजय शेखर गोखलेले मोदी सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका हुन् ।
‘उहाँले जम्मु(कश्मीरका निणर्यबारे भारतको धारणा राख्नु भयो,’ राजदूत आचार्यले कान्तिपुरसँग भने। राजदूत आचार्यले गोखलेसँगको भेटका सम्बन्धमा थप बताउन चाहेनन्।
भारतले जम्मु(कश्मीरलाई अलग राज्यको मान्यता खारेज गर्ने निर्णयको पक्षमा समर्थन जुटाउने प्रयासस्वरुप नेपाललाई ब्रिफिङ गरिएको हो। भारतले अनुच्छेद ३७० खारेज गर्ने सम्बन्धी प्रस्ताव राज्य सभामा पेस गरेकै दिन सोमबारदेखि अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन पहल सुरु गरेको थियो।
साथै भारतले जम्मु-कश्मीरको निर्णय आफ्नो आन्तरिक मामिला भएको भन्दै त्यससम्बन्धमा प्रतिक्रिया नजाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरेको छ। जम्मु(कश्मीरको विषयमा अमेरिका र चीनलगायतका मुलुकले औपचारिक प्रतिक्रिया जनाइसके पनि नेपालले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकाले भारतको निर्णयलाई आन्तरिक भनेको छ भने चीनले भने विरोध गरेको छ।
नरेन्द्र मोदी सरकारले जम्मु(कश्मीर राज्यलाई विशेष अधिकारको व्यवस्था रहेको संविधानमा अनुच्छेद ३७० र ३५ ९क० लाई खारेज गर्ने निर्णय गरेको हो। ती अनुच्छेदले जम्मु(कश्मीरलाई विशेष राज्यको मान्यता दिएका थिए। धारा ३७० को खारेजी सँगै जम्मु-कश्मीरको हैसियत अन्य राज्यहरु सरह भएको। र, अब केन्द्रबाट लागू गरिने सबै कानूनहरु लागू हुनेछन्। यसका अतिरिक्त सरकारले जम्मु(कश्मीरलाई दुईवटा अलग केन्द्र शासित राज्यमा विभाजन गर्ने निर्णय समेत गरेको छ। जसअनुसार अब जम्मु र कश्मिर तथा लद्दाख दुईवटा केन्द्रशासित राज्य रहनेछन्। स्रोत: कान्पिुरदैनिक