४० हजार नक्कली नोट सहित एक किशोर पक्राउ
गुगलपाटी संवाददाता उदयपुरउदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार बिहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् ।
प्रहरीले हजारका ४० नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएको हो । सिवाई बजारको नैनादेवी चौधरी र पर्वत गुप्ताको पसलमा दैनिक उपभोग्य वस्तु खरीद गर्ने क्रममा एक हजारको नोट नक्कली जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा घरमा राखिएको हजार दरका थप ३९ हजार रुपैया बरामद गरेको हो ।