यि हुन तत्कालिन एमालेको भागमा परेको मकवानपुरका स्थानीय तहका हुनेवाला अध्यक्षहरु

गुगलपाटी संवाददाता मकवानपुर
३१ श्रावण २०७६ ११:२२

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले मकवानपुरको स्थानीय तहमा पार्टी एकताको लागि कार्यविधि निर्माण गरेको छ ।

कार्यविधि अनुसार अब जिल्ला कमिटिमा रहेकाहरु पार्टीको स्थानीय तहको नेतृत्वमा जान नपाउने भएका छन् । सचिवालयको बैठकको विषयमा खबरब्रेकसँग कुरा गर्दै नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जिल्ला कमिटिमा भएकाहरुलाई स्थानीय तहको नेतृत्वमा नपठाउने गरि एक पद एक नेतृत्वको नीति वनाईएको बताइन् । जस अनुसार पार्टी एकतापुर्व तत्कालिन एमाले तथा माओवादीको गाउँपालिका अध्यक्षहरुनै पुन अध्यक्ष तथा सचिव हुनेछन् ।

तत्कालिन अध्यक्षहरु या सचिव जिल्ला सदस्य भएको अवस्थामा उनीहरुको स्थानमा उपाध्यक्ष, सचिव तथा अध्यक्ष हुनेछन् । उपपाध्यक्ष र सचिव पनि जिल्ला समितिमा भए गाउँपालिका कमिटिको सबैभन्दा अनुभवि सदस्यलाई नेतृत्व दिईने छ , बैठकले तत्कालिन नेकपा एमालेको भागमा ६ वटा स्थानीय तह तथा माओवादी केन्द्रको भागमा ४ वटा स्थानीय तह विभाजन गरिएको छ ।
यि हुन तत्कालिन एमालेको तर्फबाट हुनेवाला गाउँपालिका अध्यक्षहरु

हेटौँडा उपमहानगरपालिका :रघु आचार्य
बकैया गाउँपालिका : नारायण तिमल्सिना
मकवानपुर गढी : रामजी सापकोटा
भीमफेदी : सानु थापा
कैलाश : बुद्धिबहादुर मुक्तान
इन्द्रसरोबर : ऋषिराम पुडासैनी

स्रोत : खबरब्रेक डटकम

तपाईको प्रतिक्रिया