गाईजात्रामा रमाए समलिंगी तेस्रोलिंगी (फोटो फिचर)

गुगलपाटी संवाददाता  काठमाडौं
३१ श्रावण २०७६ १२:३०

 समलिंगी तेस्रो लिंगी समुदायलले शुक्रबार गाईजात्रा पर्व भव्य रुपमा मनाएका छन् । काठमाडौंको ठमेलदेखि सुरु भएको उनीहरुको गाईजात्रा र्‍याली बसन्तपुरसम्म पुगेको थियो । समलिंगी तेस्रोलिंगी समुदायले गाईजात्रा पर्वलाई स्वतन्त्रताको दिनको रुपमा मनाउँछन् ।

तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा र्‍यालीमा विभिन्न भेषभूषामा सजिएका समलिंगी तेस्रोलिंगी समुदायले नृत्य प्रस्तुत गरेका थिए ।

फोटो नागरिक खबरबाट साभार गरिएको हो ।