अवैधरुपमा मलेसियामा बसिरहेका १ सय नेपाली स्वदेश फर्किए

गुगलपाटी संवाददाता काठमाडौं
१ भाद्र २०७६ ०८:०५

नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको मलेसियाबाट १ सयभन्दा बढी कामदारहरु फर्किएका छन् ।

मलेसिया सरकारले जेलमा रहेका विदेशी कामदारहरुलाई स्वदेश फर्काउन सञ्चालनमा ल्याएको ब्याक फर गुडु कार्यक्रममार्फत १ सय बढी नेपाली कामदार लाभान्वित भएका हुन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार शुक्रबारसम्म अवैधानिक रुपमा रहेका १ सयभन्दा बढी नेपाली कामदारहरु फर्किएका हुन् ।

बम मलेसिया सरकारले गत १ अगस्टदेखि आगामी ३१ डिसेम्बरसम्म अवैधानिक रुपमा मलेसियाका विभिन्न स्थान तथा जेलमा रहेका कामदारहरुलाई स्वदेश फर्कने अवसर प्रदान गरेको छ ।

ब्याक फर गुड कार्यक्रममार्फत नेपाल फर्किने अवैध नेपालीहरुले ७ सय मलेसियन रिगिंट जरिवाना बुझाउनुपर्ने हुन्छ ।

पासपोर्ट नहुनेका हकमा एकतर्फी यात्रा अनुमति पत्र ९ट्राभल डकुमेन्ट० बनाउनका लागि बुझाउनु पर्ने राजश्ववापत प्रतिव्यक्ति १ सय ६० मलेसियन रिंगिट मलेसियास्थित नेपाली दूतावासमा बुझाउनुपर्ने दूतावासले जनाएको छ ।

त्यस्तै, मलेसियाबाट नेपाल फर्कन लाग्ने हवाई टिकट शूल्कसमेत बुझाउनु पर्दछ। रोजिरोटीको खोजीमा हरेक वर्ष १ लाखको हाराहारीमा नेपाली कामदारहरु रोजगारीका लागि मलेसिया जाने गरेका छन् ।

तर, २०७५ जेठ २ गतेदेखि नयाँ श्रम स्वीकृति लिएर नेपाली कामदारहरु मलेसिया जान पाएका छैनन्। जसले गर्दा करार अवधि सकिएपछि पनि अवैध भएर बस्ने नेपाली कामदारको संख्या बढेको हुनसक्ने दूतावासले अनुमान गरेको छ ।

मलेसिया सरकारले तोकेको अवधिभित्र सवै अवैध कामदारहरुलाई स्वदेश फर्कनका लागि दूतावासले अनुरोधसमेत गरेको छ।