चितवनमा निषेधित क्षेत्र घोषणा

गुगलपाटी संवाददाता
२ भाद्र २०७६ ०६:३२

जिल्ला प्रशासन कार्यालय चितवनले चितवनको भरतपुरस्थित चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

शालीकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिनका लागि प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गरेको थियो । उक्त प्रकरणमा लामिछानेलाई पक्राउ गरेपछि उनका समर्थकहरुले चितवनमा प्रदर्शन गर्दै आएका थिए ।

त्यस्तै पुडासैनीलाई न्याय र दोषिलाई दण्डको माग गर्दै अर्को समूहले पनि प्रदर्शन गर्न थालेको छ । यसरी दिनहुँ प्रदर्शन र नाराबाजी हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्रमा प्रशासनले प्रर्दशनमा रोक लगाएको छ । उक्त क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् । चितवनको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया