भोटेकोसीको बाढीले बेलिब्रिज बगायो

गुगलपाटी संवाददाता रसुवा
२ भाद्र २०७६ ०७:०२

अविरल वर्षपछि भोटेकोसी नदीमा् राति आएको बाढीले टिमुरेमा बेलिब्रिज बगाएको छ । राति एक्कासी तिब्बतबाट आएको बाढीले नेपालतर्फ टिमुरेस्थित बेलिब्रिज बगाएको हो ।

भन्सार र्‍याडबाट रसुवागढी जलविद्युत आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो। बाढीले रसुवागढी जलविद्युत आयोजनाको २ वटा पेनस्टक पाइप, कफर ड्याम र टिमुरेको फोहर व्यवस्थापन गर्न आयोजनाले निर्माण गरेको फोहर जलाउने भवन बगाएको प्रमुख छवि गैरेले बताए।

बाढीले आयोजनामा लाखौंको क्षति पुगेको छ। पुल बगाएपछि रसुवागढी जलविद्युत् आयोजना र टिमुरेतर्फ आवतजावत विच्छेद भएको उनले बताए।

बाढीको बहाव राति बढे पनि अहिले अवस्था सामान्य रहेको छ उनले भने।

तपाईको प्रतिक्रिया