१२ वटा दूर्लभ जनावर सुन गोहोरोसहित एकजना पक्राउ

गुगलपाटी संवाददाता काठमाडौं
२ भाद्र २०७६ ०७:१७

 १२ वटा दूर्लभ जनावर सुन गोहोरोसहित मोरङमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-८ हर्चगढीबाट पथरी शनिश्चरे नगरपालिका(६ का ५९ वर्षीय जसबहादुर धिमाललाई शनिबार साँझ पक्राउ गरेको हो ।

साइकलमा सिक्टीबाट डायनियातर्फ आउँदै गरेका जसबहादुरबाट चेकजाँचका क्रममा १२ वटा जिवित सुन गोहोरा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

उनले प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो डायनिया तर्फ लैजाँदै थिए । पक्राउ परेका जसबहादुरलाई प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाएको छ ।

तपाईको प्रतिक्रिया