अवैध लागूऔषध गाँजा र कार चालकसहित हेटौंडाबाट ४ जना पक्राउ
गुगलपाटी संवाददाता हेटौंडाअवैध लागूऔषध गाँजा र कार चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट प्रहरीले भारत मोतिहारी नयाटोलका २५ वर्षीय मुकेश सहनी, २५ वर्षीय राज कुमार, भारत मोतिहारी चिन्तामनपुर हरीसिद्धी बस्ने ३५ वर्षीय ओम प्रकाश चौधरी र पर्साको बिन्दवासीनी गाउँपालिका–५ बस्ने ५० वर्षीय जितेन्द्र प्रसाद यादवलाई पक्राउल गरेको हो ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले लागूऔध गाँजा २१ किलो ५ सय ग्राम र कारसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, हेटौडाबाट बिरगंजतर्फ जाँदै गरेको एच.आर. ५१ ल ५२४१ नं. को भारतीय कारलाई शंका लागि चेक जाँच गर्दा कारको पछाडीको सिटमुनी फल्स बटम बनाई प्लाष्टिकको पोकामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त लागूऔषध गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ हो ।
उनीहरुलाई पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान हुनुका साथै कारबाही भईरहेको प्रहरीले जनाएको छ ।