फूल तथा तरकारी खेतीको ग्रिन हाउस र कोल्ड स्टोर उद्घाटन
गुगलपाटी संवाददाता
हेटौंडा–६ चौघडामा रहेको मञ्जुश्री आधुनिक फूल तथा तरकारी खेतीको ग्रिन हाउस र कोल्ड स्टोरको उद्घाट गरिएको छ ।
प्रदेश सरकारको अनुदानमा निर्माण भएको ग्रिस हाउस र कोल्ड स्टोरको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले मंगलबार उद्घाटन गरे । प्रदेश सरकारले किसानलाई पर्याप्त अनुदानको व्यवस्था गरेको कार्कीले बताए ।
मञ्जुश्रीकी संचालक मञ्जुकुमारी अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्रकुमार प्रधान, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधिर श्रेष्ठ, ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, रानी सामुदायिक वन समूहका अध्यक्ष कृष्ण विडारी लगायतको सहभागिता रहेको थियो ।
५ सय ६० बर्ग मिटरमा फैलिएको नेचुरल्ली भेन्टिलेटेड ग्रिन हाउस निर्माणका लागि मन्त्रालय अन्तरगतको कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीबाट ९ लाख ५२ हजार, कृषकबाट ६ लाख २३ हजार ९ सय ६० रुपैंया गरी १५ लाख ७५ हजार ९ सय ६० रुपैंया लगानी भएको छ । त्यसैगरी कोल्डस्टोरका लागि २ लाख रुपैँया लगानी भएको जनाईएको छ ।
ग्रिन हाउस र कोल्डस्टोरको व्यवस्था भएपछि जुनसुकै मौसममा पनि तरकारी तथा पुष्पखेती गर्न सहज हुने कृषक बालकृष्ण चौलागाईले बताए ।