बाहिरियो हिरासत भित्रै रबि लामिछाने संग गरिएको अन्तरबार्ता, रबिले फेरी पनि म असुरक्षित महशुस गरेको छु (भिडियो) !
गुगलपाटी संवाददाता चितवनभदौ ६ काठमाडौं लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगका कार्यक्रम प्रस्तोता रबि लामीछाने चितवन प्रहरीको हिरासतमा छन्। पत्रकार सालिकराम पुडासैनी प्रकरणमा मुछिएपछि लामिछानेसंगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाइ अनुसन्धानका लागि हिरासतमा राखिएको हो।
अनुसन्धानका लागि अदालतले दिएको ५ दिनको म्याद सकिएपछि पुन अनुसन्धानको लागि प्रहरीले समय माग गरेकोमा अदालतले थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। यसैबीचमा प्रहरी हिरासतभित्र रहेका लामिछानेसंग पत्रकार टेकनारायण भट्टराईले हिरासतभित्रै गरेको कुराकानी बाहिरिएको छ। उक्त कुराकानीमा रबि लामिछानेले आफुँलाइ हिरासतमा राखिनुमा कुनै आधार नहुँदा पनि पटकपटक म्याद थप गरिनुमा आफुँलाई जसरि पनि फसाउने नियत रहेको स्पस्ट हुने बताएका छन्।
कुराकानीमा उनले आफुँ असुरक्षित भएको पनि बताएका छन्। उनले आफुँलाई प्रहरीबाट शारीरिक रुपमा नभई घटनामा फसाउने तरिकाले प्रहरी कसैबाट परिचालित भएको बताएका हुन्। यसअघि पनि उनले श्रीमती निकिताको फेसबुकबाट आफुले प्रहरी हिरासतभित्र असुरक्षित महसुस गरेको बताएका थिए। हेर्नुस पत्रकार टेकनारायण भट्टराईले रबि लामिछानेसंग हिरासतमा गरेको कुराकानी