प्रदेश ३ संसदमा प्रश्नः राजधानी र नामाकरण खै ?
गुगलपाटी संवाददाताप्रदेश ३ को प्रदेश सभाको वैठक आज आईतबार बसेको छ । आज बसेको वैठकमा राजधानीको विषय उठेको छ । नेपाली कांग्रेसका सांसद निमा लामाले स्थायी राजधानी र नामाकरणको विषयमा प्रदेश सरकारलाई प्रश्न गरेका छन् । उनले स्थायी राजधानी र नाम तोक्न बनेको कार्यविधि दराजमा राख्न बनाएको हो ? भन्दै प्रश्न गरेका हुन् । उनले राजधानी र नामाकरण विषयमा सहमतीको प्रयास पनि नगर्ने, प्रकृया पनि नजाने भन्दै सरकार प्रति आक्रोश व्यक्त गरेका छन् । सांसद लामाले विपद्को समयमा प्रदेश सभा सदस्यहरु संग छलफल नगरेकोमा सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।