फरेष्ट्रिका आदीवासी विद्यार्थी संगठित

गुगलपाटी संवाददाता
२१ भाद्र २०७६ १५:००

विद्यार्थीकावन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालय अन्तरगतको दुई क्याम्पसका आदिवासी जनजाति विद्यार्थीको भेलाले तदर्थ कार्यसमिति चयन गरेको छ । शनिवार हेटौंडामा भएको बिद्यार्थीहरुको भेलाले समिर पुन मगरको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रेगिना श्रेष्ठ, सचिवमा सलिना लिम्बु, कोषाध्यक्षमा मनिता थारु, सहसचिवमा दीक्षा तामाङ र सदस्यहरुमा दीक्षा राई, कमला पुन मगर, सुशान्त चौधरी, आयुष श्रेष्ठ, बाबुलाल बोम्जन, करण गुरुङ, सञ्जय दराई र बिनु राजवंशी रहेका छन् ।
भेलाले रामशरण महर्जन, भरत मानन्धर, सुजन मोक्तान, राधेश्याम चौधरी र कालिका चौधरीलाई सल्लाहकारमा चयन गरेको छ ।

तपाईको प्रतिक्रिया