भीमफेदीमा ४ करोडको गाउँपालिकाको भवनको शिलन्यास

गुगलपाटी संवाददाता
२५ भाद्र २०७६ १५:०५

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको भवन शिलन्यास भएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले शिलन्यास गरेका हुन् ।
शिलन्यास कार्यक्रममा बोल्द मुख्यमन्त्री पौडेलले विकास निर्माणलाई प्रदेश सरकारले तिव्रता दिएका भन्दै पौडेलले स्थानीय सरकार सफल नभए संघियता नै फेल हुने बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गाउँपालिकाको सफलता नै जिल्ला समन्वय समितिको सफलता भएको बताएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती रानाले गाउँपालिकाको भवन निर्माण सुरु हुँदा हर्षित भएको बताउँदै अब गाउँपालिकामा भवन निर्माण भएपश्चात सेवा अझै प्रभावकारी हुने बताईन् ।
४ करोड १२ लाख ८२ हजार रुपैयाँ लागतमा निर्माण सुरु भएको गाउँपालिकाको भवनलाई जिल्ला समन्वय समिति मकवानपुरले १ करोड मौज्दात अनुदान दिने बताइएको छ । यस्तै गाउँपालिकाले भवन निर्माणको लागि २ करोड रुपैयाँ छुट्याएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । अर्को वर्ष २०७७ असार १३ गते सम्म सम्पन्न गर्नुपर्ने गरि आर.एण्ड सि÷नेचुरल जेभीले ठेक्का लिएको छ । शिलन्यास कार्यक्रम गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया